जेन–जी आन्दोलनका नाममा आपराधिक काम गर्नेविरुद्ध युवा संघले भोलिबाट देशैभर जाहेरी दिने

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले जेन–जी आन्दोलनका नाममा आपराधिक काम गर्नेविरुद्ध देशका सबै जिल्ला प्रहरी कार्यालयमा भोलिबाट जाहेरी दिने घोषणा गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले राष्ट्रिय युवा संघको अगुवाइमा जाहेरी दिने घोषणा गरेका हुन् । बस्नेतले देशभरका पाँच सय प्रहरी कार्यालय जलाउने, सरकारी कार्यालयमा आगजानी र तोडफाेड गर्ने सबैको भिडियोसहित पहिचान इसकेको भन्दै भोलिबाट उनीहरूविरुद्ध जाहेरी दिन सुरु गर्ने बताए ।

प्रहरी देशमा शान्ति सुरक्षा कायम राख्ने काममा अग्रसर हुने विश्वास व्यक्त गर्दै बस्नेतले प्रहरीको खस्केको मनोबल उकास्ने अभियान चलाइने बताए । उनले प्रहरीका खोसिएका हतियार फिर्ता ल्याउने काममा गृहमन्त्री ओमप्रकाश अर्यालले अग्रसरता नदेखाएकोमा गम्भीर आपत्ति पनि जनाए ।

See More On

सुझावित समाचार