जेन-जीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरूको राजीनामा माग्दै आयोगमा निवेदन दर्ता गरेकाे छ। मंगलबार बिहान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा गएर उनीहरूले निवेदन दर्ता गरेका हुन्।
आयोगले भ्रष्टाचार नियन्त्रण नगरेको भन्दै उनीहरूले राजीनामा मागेका हुन्।
