दोस्रो वार्मअप खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

विश्वकप छनोटका लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो तथा अन्तिम वार्मअप खेल खेल्दै छ। कतारसँगको वार्मअपमा नेपालले जस जितेर ब्याटिङ रोजेको छ। पहिलो वार्मअपमा नेपालले ओमानमाथि ६ विकेटको सहज जित निकालेको थियो। 

प्रतियोगिताको खेलहरू भने ८ अक्टोबरदेखि सुरु हुँदै छन्। तीन समूहमा नौवटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदै छ। नेपालको समूहमा जापान र कुवेत छन्। हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्। 

सुझावित समाचार