बाहिरिन थाल्यो मनसुन, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बहिर्गमन

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

उत्तरार्धमा मध्य र पूर्वी नेपालमा भीषण वर्षा गराएको मनसुनी प्रणाली बाहिरिन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम, कर्णाली प्रदेशका पूरै भूभाग तथा लुम्बिनीका पश्चिमी भूभागका धेरै स्थान र गण्डकीका पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ। नेपालबाट मनसुन बाहिरिने सदरदर मिति २ अक्टुबर रहे पनि कायमै छ।

यस वर्ष सरदर अवधिभन्दा १५ दिनअघि नै मनसुन भित्रिएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।

See More On

सुझावित समाचार