युद्धले जर्जर गाजाको भविष्य दयनीय

वर्षौँसम्म गाजा क्षेत्र दाताहरूको दयामा निर्भर रहनेछ, पुनर्निर्माणका लागि मात्र ५३ अर्ब डलर आवश्यक पर्नेछ

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

हप्तौँदेखि संसारले गाजामा विद्यमान व्यापक भोकमरी अन्त्य गर्न काम गरिरहेको दाबी गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले इजरायललाई सहयोगका थप लरीहरू गाजामा प्रवेशमा अनुमति दिन आग्रह गरिरहेको छ । अरब र पश्चिमा राज्यहरूले हवाईमार्गबाट खाना खसालिरहेका छन् । अमेरिकाले सहायता वितरणमा ठुलो भूमिका खेल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । ‘मलाई थाहा छ, इजरायलले वितरण र पैसाको सन्दर्भमा हामीलाई त्यसमा मद्दत गर्नेछ,’ उनले भने ।

तर, व्यावहारिक दृष्टिले खासै परिवर्तन नभएको गाजावासी बताउँछन् । गाजामा पर्याप्त खाना पुगेको छैन, न त यसको वितरणलाई अनुमति दिन कानुन र व्यवस्था छ । हवाईमार्गबाट सामान पुग्न गाह्रो छ । सीमापार गर्नेबित्तिकै राहत सामग्री बोकेका सवारीसाधन लुटिन्छन् । खाना खोज्न प्रायः सहायता केन्द्रमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ, जहाँ हालैका महिनामा सयौँ प्यालेस्टिनी मारिएका छन्, वा कालो बजारमा अत्यधिक रकम तिर्नुपर्छ । यो आफैँमा एउटा विपत्ति हो, जसले धेरै गाजावासी, विशेषगरी बालबालिकाका लागि दीर्घकालीन परिणाम निम्त्याउनेछ । तर, यो गाजाको भविष्यको झलक पनि हो । युद्ध समाप्त भएपछि पनि गाजा वर्षौँसम्म अरूको दयामा रहनेछ ।

इजरायल र इजिप्टको बिचमा रहेको यो सानो क्षेत्र कहिल्यै आत्मनिर्भर भएन । सन् २००७ मा एक आतंकवादी समूह हमासले सत्ता लिएपछि यसका छिमेकीहरूले प्रतिबन्ध लगाए । अर्थतन्त्र ठप्प भयो । गाजापट्टीमा आधा कार्यबल बेरोजगार थियो र जनसंख्याको ६० प्रतिशतभन्दा बढी बाँच्नका लागि कुनै न कुनै प्रकारको विदेशी सहायतामा निर्भर थियो । नगद सहयोगविना क्लिनिकहरूको सञ्जाल चलाइएको थियो जसले परामर्श प्रदान गथ्र्यो र लगभग तीन लाख बालबालिकालाई शिक्षित गर्ने विद्यालय सञ्चालन गथ्र्यो ।

तैपनि, गाजाले कम्तीमा केही आधारभूत आवश्यकता आफैँ पूरा गर्न सक्थ्यो । यसको क्षेत्रफलको पाँच भागको दुई भाग कृषि भूमि थियो जसले धेरैजसो स्थानीय माग पूरा गर्न पर्याप्त दुध, कुखुरा, अन्डा र फलफूल र तरकारी आपूर्ति गथ्र्यो । साना कारखानाले प्याकेज गरिएको खानादेखि फर्निचरसम्म सबै उत्पादन गर्थे । हमासद्वारा सञ्चालित सरकार अयोग्य र दमनकारी थियो, तर यसले कानुन र व्यवस्था प्रदान ग¥यो । लगभग दुई वर्षको युद्धपछि लगभग कुनै पनि बाँकी छैन ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गाजाका २० लाख मानिसलाई प्रतिमहिना ६२ हजार टन खाना चाहिने बताएको छ । त्यो एउटा सामान्य गणना होः यसले पर्याप्त मुख्य खाना प्रदान गर्ला, तर मासु, फलफूल र तरकारी वा अन्य वस्तु प्रदान गर्नेछैन । आफ्नै हिसाबले इजरायलले धेरै कम सामग्रीलाई भित्र जान अनुमति दिएको छ । यसले मार्च २ देखि मे १९ सम्म गाजालाई पूर्ण घेराबन्दी लगाएको थियो, कुनै पनि खाद्य पदार्थ प्रवेश गर्न अनुमति दिइएको थिएन ।

त्यसपछि इजरायलले संयुक्त राष्ट्रसंघलाई उत्तरी गाजामा सीमित सहायता वितरण पुनः सुरु गर्न अनुमति दियो । यसले गाजा मानवीय फाउन्डेसन (जिएचएफ) स्थापना गर्न पनि मद्दत ग¥यो । फाउन्डेसन एक छायादार संगठन हो, जसले दक्षिणी र मध्य गाजामा चार क्षेत्रमा खाना वितरण गर्दछ । दुई महिनामा यसले गाजावासीलाई नगन्य खाना वितरण गरेको छ । समग्रमा, इजरायलले जुलाईसम्मको पाँच महिनामा ९८ हजार ६७४ टन खाद्य सहायता सीमा पार गर्न अनुमति दियो, जुन प्रतिमहिना औसत १९ हजार ७३४ टन हो । यो आफैँमा पर्याप्त छैन ।

सहायताको बाढीले क्षतिलाई पूर्ववत् अवस्थामा लैजान सक्दैन, तर अवस्था अझ खराब हुनबाट रोक्न सक्छ । तसर्थ, सहायतालाई निरन्तरता दिनुपर्छ । इजरायलको युद्धले निम्त्याएको विनाशले गाजावासीहरूलाई सहायतामाथि भर पर्नुबाहेक अरू कुनै विकल्प बाँकी राखेको छैन ।

हालैका दिनमा सहायताको मात्रा बढेको भए पनि यो अझै पनि अपर्याप्त छ । ‘हामी हरेक दिन ८० देखि १०० ट्रक भिœयाउने प्रयास गरिरहेका छौँ,’ डब्लुएफपीकी भ्यालेरी गुआर्निएरी भन्छिन्, ‘यो उच्चस्तर होइन, तर हामीले के हासिल गर्न सक्छौँ भन्ने यथार्थपरक स्तर हो ।’ यद्यपि, अगस्ट ४ मा इजरायलले एजेन्सीका ४१ वटा लरीलाई गाजा सीमाको स्टेजिङ क्षेत्रमा प्रवेश गर्न अनुमति दियो र यसले चालकलाई तीमध्ये केवल २९ वटा मात्र संकलन गर्न दियो ।

गाजामा प्रवेश गर्नु पहिलो चुनौती मात्र हो । वितरण एउटा दुःस्वप्न हो । मे १९ देखि संयुक्त राष्ट्रसंघले गाजाको सिमानाबाट दुई हजार ६ सय चार लरी लोड संकलन गरेको छ । केवल तीन सय लरी आफ्नो लक्षित गन्तव्यमा पुगे । बाँकीलाई हतास नागरिक वा सशस्त्र मानिसले बाटोमा रोकेका थिए । सहायताकर्मी सहायता लरीहरूमा छापा मार्ने नागरिकका बारेमा बेवास्ता गर्छन् । ‘त्यहाँ निराशाको वास्तविक उत्कर्ष छ,’ ग्वार्नेरी भन्छिन्, ‘भोलि खानेकुरा आउँछ भन्नेमा मानिसलाई विश्वास छैन ।’

तर, पसलमा फैलिएको कालोबजारले यसको धेरैजसो भाग चोरी भएको देखाउँछ । गाजाको चेम्बर अफ कमर्सले खाद्यान्नको मूल्यको नियमित सर्वेक्षण प्रकाशित गर्छ । युद्धअघि ३५ सेकेल (१० डलर) पर्ने २५ किलोग्रामको एक बोरा पिठोको मूल्य अगस्ट ५ मा ६२५ सेकेलमा कारोबार भयो । एक किलो गोलभेडाको मूल्य १०० सेकेल छ, जुन युद्धअघिको मूल्यभन्दा ५० गुणा बढी हो । यस्ता मूल्य धेरैजसो गाजावासीहरूको पहुँचभन्दा धेरै टाढा छन् ।

सहायताको आपूर्तिलाई नियन्त्रणमा राख्नुमा इजरायलको लक्ष्य हमासलाई यसको कुनै पनि भाग चोर्नबाट रोक्नु थियो । यस महिनाको सुरुमा समूहले गाजामा अझै पनि बन्दी बनाइएका इजरायली बन्धक एभ्यातार डेभिडको प्रचार भिडियो जारी ग¥यो । उनी कमजोर देखिन्थे र भिडियोमा उनले थोरै खानेकुरा खानुपरेको अवस्थाको वर्णन गरेका थिए । गाजाको धेरैजसो भाग भोकले ग्रस्त भए पनि हमासले अझै पनि आफ्ना लडाकुहरूलाई खुवाउन व्यवस्थापन गरिरहेको देखिन्छ ।

इजरायलको नीतिको परिणामको असर सबैभन्दा बढी बच्चाहरूमा पर्छ । कहिलेकाहीँ जन्मनुभन्दा पहिले नै यस्तो असर देखिन्छ । ‘तीन गर्भावस्थामध्ये एक उच्च जोखिममा छ । हामीले देखेका पाँचमध्ये एक बच्चा समयभन्दा पहिले वा कम तौलको जन्म हुन्छ,’ संयुक्त राष्ट्रसंघको परिवार नियोजन एजेन्सीकी लीला बेकर भन्छिन् । युद्धअघिको तुलनामा गाजाका ८ प्रतिशत बच्चा कम तौलका (२.५ किलोग्रामभन्दा कम) जन्मिएका थिए । जनवरी र जुन महिनाको बिचमा २२२ मृत जन्मिएका थिए, जुन युद्धअघि देखिएको स्तरभन्दा दस गुणा बढी हो ।

भोकमरी ट्र्याक गर्ने संस्था एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी)ले गत महिना अप्रिल र जुलाईको बिचमा २० हजार बालबालिकालाई तीव्र कुपोषणका लागि अस्पतालमा भर्ना गरिएको बताएको थियो । त्यो विन्दुमा पुग्नुअघि नै उनीहरूको प्रतिरक्षा प्रणाली क्षय हुन्छ । मध्यम कुपोषित बच्चा राम्रोसँग खुवाइएका बच्चाभन्दा धेरै सजिलै संक्रमित हुन्छन् । उनीहरू गम्भीर रूपमा बिरामी हुन्छन् र छिटो शरीरको तौल गुमाउँछन् ।

‘खानाको सेवन ७०–८० प्रतिशत मात्र घट्दा शरीरलाई ठुलो धक्का लाग्छ,’ अनिकालग्रस्त ठाउँहरूमा बालबालिकाको उपचार गर्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका बालरोग विशेषज्ञ मार्को केराक भन्छन् । गाजाका धेरैजसो बालबालिकाले त्योभन्दा धेरै कम खाना खाइरहेका छन् । जुलाईमा विश्व स्वास्थ्य संगठनले गुइलेन–ब्यारे सिन्ड्रोमको प्रकोपको रिपोर्ट गरेको थियो । यो एक दुर्लभ अटो इम्युन रोग हो जसको भोकमरीसँग सम्बन्ध हुन सक्छ ।

क्यालोरी सेवन मात्र चिन्ताको विषय होइन । गाजामा पीठो र नुन आयोडिनजस्ता केही भिटामिन र खनिजहरूले भरिपूर्ण भए तापनि, तिनीहरू सीमित मात्रामा खपत हुन्छन् । विशेष गरी, अहिले धेरै बेकरी महिनौँदेखि पीठो र इन्धनको अभावका कारण बन्द छन् । फेब्रुअरीमा युद्धविरामको समयमा, इजरायलले गाजामा १५ हजार टन फलफूल तथा तरकारी र ११ हजार टन मासु र माछा लैजान अनुमति दियो । मार्चदेखि यसले केवल १३६ टन मासुलाई अनुमति दिएको छ । यी सबैको अर्थ बालबालिकाको दिमाग विकासका लागि आवश्यक पोषक तत्वको व्यापक अभाव छ ।

अर्को शब्दमा भन्नुपर्दा गाजामा प्रत्येक बच्चा आजको कुपोषणको कारणले जीवनभर खराब स्वास्थ्यको जोखिममा रहनेछ । अनिकालबाट गुज्रिएका जनसंख्याको अध्ययनबाट हामीले कुपोषणका धेरै प्रमाण देखेका छौँ : दोस्रो विश्वयुद्धको समयमा चीनमा १९६० को दसकको हालसालै इथियोपियाजस्ता ठाउँको अनिकाल । तीव्र कुपोषणको सामना गर्ने बालबालिकामा वयस्कको रूपमा हृदयरोग, मधुमेह र अन्य दीर्घकालीन रोगको उच्च दर हुन्छ । तिनीहरू खराब संज्ञानात्मक विकासको जोखिममा पनि छन् ।

सहायताको बाढीले क्षतिलाई पूर्ववत् अवस्थामा लैजान सक्दैन, तर अवस्था अझ खराब हुनबाट रोक्न सक्छ । तसर्थ, सहायतालाई निरन्तरता दिनुपर्छ । इजरायलको युद्धले निम्त्याएको विनाशले गाजावासीहरूलाई सहायतामाथि भरपर्नुबाहेक अरू कुनै विकल्प बाँकी राखेको छैन ।

युद्धले ३० अर्ब डलरको भौतिक क्षति र १९ अर्ब डलरको आर्थिक अवरोध पु¥याएको फेब्रुअरीमा संयुक्त राष्ट्रसंघले अनुमान गरेको थियो । क्षतिमा रोजागारी ठप्प, गुमेको आम्दानी र बढेको लागत समावेश छ । पुनर्निर्माणका लागि ५३ अर्ब डलर आवश्यक पर्नेछ । यस विन्दुमा, त्यो अनुमानभन्दा अलि बढी हो । अझ वास्तविक लागत गणना गर्न असम्भव छ । तर, यो ठुलो हुनेछ ।

गाजामा अहिलेको पहिलो काम केवल भग्नावशेष हटाउनु हुनेछ । अप्रिलमा गरिएको संयुक्त राष्ट्रसंघको भूउपग्रह तस्बिरका आधारमा गाजामा पाँच करोड ३० लाख टन भग्नावशेष छरिएको अनुमान गरिएको थियो, जुन सेप्टेम्बर ११ को आक्रमणपछि म्यानहट्टनबाट हटाइएको भग्नावशेषको ३० गुणा बढी हो । यसलाई हटाउन दसकौँको काम हुन सक्छ । सन् २०१४ मा इजरायल र हमासबिचको सात हप्ताको युद्ध (जुन हालको भन्दा लामो र घातक थियो)ले २५ लाख टन भग्नावशेष उत्पादन ग¥यो । यसलाई हटाउन मात्र दुई वर्ष लाग्यो ।

उत्पादक अर्थतन्त्रको पुनर्निर्माण गर्नु पनि कम गाह्रो हुनेछैन । उदाहरणका लागि कृषिलाई लिनुहोस् । संयुक्त राष्ट्रसंघको कृषि एजेन्सीले भनेको छ कि गाजाको ८४ प्रतिशत कृषि भूमि र यसको ७१ प्रतिशत हरितगृह युद्धमा क्षतिग्रस्त भएका छन् । पशुधन लगभग नष्ट भइसकेको छ ।

गत गर्मीयाममा गरिएको एक भूउपग्रह मूल्यांकनले गाजाको ६८ प्रतिशत सडक क्षतिग्रस्त भएको पत्ता लगायो (त्यो संख्या आज निःसन्देह बढी छ) । युद्धपछि किसानले बाली लगाउन थाले पनि उनीहरूको उत्पादन बजारमा ल्याउन गाह्रो हुनेछ । अन्य क्षेत्रहरूमा पनि तस्बिर उत्तिकै निराशाजनक छ : विद्यालय, अस्पताल र कारखाना सबै ठुलो मात्रामा भग्नावशेषमा परिणत भएका छन् ।

द इकोनोमिस्टबाट

See More On

सुझावित समाचार