धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ५, थापाकटेरीमा आफ्नै छोराले आमाको हत्या गरेका छन्।
३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
प्रहरी उपरीक्षक रिजालका अनुसार यमबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ। उनलाई आइतबार राति ९ बजे पक्राउ गरिएको हो। प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए।
यमबहादुरले किन आफ्नै आमाको हत्या गरे भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको रिजालले बताए।