नेपाल वायुसेवा निगमको काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडानको समय परिवर्तन भएको छ।
आज राति ९ बजे भैरहवाबाट काठमाडौं प्रस्थान गर्ने भनिएको चार्टर्ड उडान भोलि दिउँसो २ः४५ लाई सरेको निगमले जनाएको छ। विपतको अवस्थाका कारण टिकट नपाएर अड्किएका बिरामी, असक्त, विदेश जानुपर्ने तथा अत्यावश्यक यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो विशेष उडान गर्न लागिएको हो।
निगमले ठुलो क्षमताको एयरबस ३२० प्रयोग गरी काठमाडौं–भैरहवा–काठमाडौं उडान सञ्चालन गर्नेछ।