निगमको चार्टर्ड उडान स्वीकृत, भैरहवाबाट राति ९ बजे प्रस्थान गर्ने

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

नेपाल वायुसेवा निगम (एनएसी)को एयरबस ३२० विमानले काठमाडौं–भैरहवा–काठमाडौं मार्गमा चार्टर्ड उडान सञ्चालन गर्न स्वीकृति पाएको छ।

निगमका अनुसार विमानले भैरहवाबाट आज स्थानीय समयअनुसार राति ९ बजे उडान भर्नेछ। विपतको अवस्थाका कारण टिकट नपाएर अड्किएका बिरामी, असक्त, विदेश जानुपर्ने तथा अत्यावश्यक यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो विशेष उडान आयोजना गरिएको हो।

यसका लागि पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणबिच समन्वय भइरहेको बताइएको छ। निगमले ठुलो क्षमताको एयरबस ३२० प्रयोग गरी काठमाडौं–भैरहवा–काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ।

सुझावित समाचार