पछिल्लो दुई दिनमा विपतका घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढी, पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
विपतका घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।