सप्तकोशी नगरपालिकाका ७० घर डुबानमा, ६ परिवार विस्थापित

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

त्रियुगा नदीमा आएको बाढीले सप्तकोशी नगरपालिका– ६ का ७० भन्दा बढी घर डुबानमा परेका छन् । चोरिया टोलका ४९ र मुसहरी टोलका २९ घर गरी ७८ घर डुबाानमा परेको सो वडाका वडाध्यक्ष नन्दीलाल चौधरीले बताए । 

नदीको पानी ओभरफ्लो भएर ५–६ फिटसम्म घरमा पसेपछि अहिले उनीहरूलाई नजिकको सामुदायिक विद्यालयमा सारिएको उनले बताए । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले त्यहाँ ६ परिवार विस्थापित भएको बताए । उनीहरूलाई नजिकको सामुदायिक विद्यालयमा खाने, बस्ने सुविधा मिलाइएको उनले बताए । 

सप्तकोशी नगरपालिका- २ मा पनि बाढी पसेको छ । त्यहाँको तथ्यांक संकलन भइरहेको छ ।

सुझावित समाचार