काठमाडौंबाट पूर्व जाने सडक अवरुद्ध : साँगामा पहिरो, धुलिखेलमा सडक भासियो

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

अविरल वर्षापछि काठमाडौंबाट पूर्वी जिल्ला जाने सडक अवरुद्ध बनेको छ। काभ्रेपलाञ्चोक र भक्तपुरको सीमामा पर्ने साँगामा पहिरो गएको छ। पहिरो पन्छाएर सडक नियमित गर्ने प्रयास भइरहेको छ।

त्यस्तै, बिपी राजमार्गअन्तर्गत धुलिखेल– ११, पातलेखेतमा सडक भासिएको छ । सवारी चल्नै नसक्ने गरी सडक भासिएकाले मर्मत गर्न समय लाग्ने भएको छ। 

आइतबारदेखि मौसममा सुधार भएपछि जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर मात्र सवारी चलाउन दिने–नदिने निर्णय गर्ने जनाएको छ। 

सुझावित समाचार