कैलालीको धनगढीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १९०७ नम्बरको यात्रुवाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको हो।
दुर्घटनामा धनगढीका ६० वर्षीय गणेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले मृतक शाही पैदलयात्री रहेको जानकारी दिए।
यस्तै, दुर्घटनामा परेर बसमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए । घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।