भारी वर्षाको आकलन गरेर लमजुङमा पनि सबैखाले सवारी आवतजावत बन्द गरिएको छ। लमजुङ प्रशासनले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारीसाधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो।
लमजुङ जिल्लाबाहिरका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारीसाधन आवातजावत रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिए।
