मकवानपुर - काठमाडौं जोड्ने सडकहरूमा अहिलेसम्म समस्या छैन : मकवानपुर प्रहरी

निरन्तर पानी परिरहेकाले सकेसम्म यात्रा नगर्न सुझाव

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

आज बिहानैदेखि निरन्तर पानी परिरहेको भए पनि बिहान १० बजेसम्म मकवानपुर भएर संघीय राजधानी काठमाडौं प्रवेश गर्ने सडक सञ्जालहरूमा कुनै पनि अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु कुर्मीका अनुसार अहिले १० बजेसम्म मकवानपुर हुँदै काठमाडौं जोड्ने मुख्य सडकहरूमा कुनै पनि समस्या छैन। तर, निरन्तर पानी परिरहेकोले सतर्कता भने अपनाउनुपर्ने उनको भनाइ छ ।

उनले हेटौँडालाई काठमाडौंसँग जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली, भीमफेदी-कुलेखानी-फाखेल फर्पिङ र कान्तिलोकपथ निर्वाध सञ्चालन भइरहेको भए पनि काठमाडौंतर्फबाट मकवानपुर प्रवेश गर्ने सवारी साधनहरूलाई रोकिएको जानकारी दिए। उनका अनुसार निरन्तरको वर्षाले जोखिम निम्त्याउन सक्ने भन्दैे फर्पिङमै सवारीसाधनहरूलाई काठमाडौंतर्फ नै फर्काइएको छ। यस्तै, प्रहरी निरीक्षक कुर्मीले त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकामा पर्ने बाघझोरामा भने बिहान केहीवेर पानीसँगै गेग्र्यान बग्न थालेपछि समस्या भएको थियो । तर, अहिले गेग्र्यान बग्न छोडेकाले त्यहाँ पनि कुनै पनि समस्या नरेको उनले बताए । 

उनले जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरीको एउटा टोली बाघझोरामा तैनाथ गरिएको जानकारी दिए। प्रहरी निरीक्षक कुर्मीले अहिलेसम्म मकवानपुरतर्फको सडक खण्ड कुनै समस्या नदेखिएपनि यात्रा गर्नुपूर्व जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजनमा सम्पर्क गरेर मात्रै यात्रा गर्न आग्रह गरे। सकेसम्म लामो दूरीको यात्रा नगर्न पनि उनले सुझाव दिए।

सुझावित समाचार