धादिङको जवाङ खोलामा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फी बाटो अवरुद्ध भएको छ।
पानी परिरहेको र ढुंगा–माटो झरिरहेकाले पहिरो पन्छाउन समस्या भएको धादिङ प्रहरीले जनाएको छ। त्यस्तै, वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पनि पहिरो जाँदा बाटो अवरुद्ध बनेको छ।