स्वस्थ र लामो जीवनका लागि विश्वकै अग्रणी देश जापानले अर्काे रेकर्ड कायम गरेको छ। जापानमा एक सय वर्ष उमेर नाघेका नागरिकको जनसंख्या करिब एक लाख पुगेको छ। १ सेप्टेम्बरको तथ्यांकअनुसार सय वर्षमाथिको जनसंख्या ९९ हजार सात सय ६३ पुगेको हो। अझै रोचक तथ्यांक के छ भने यसमा ८८ प्रतिशत महिला छन्।
पछिल्लो ५५ वर्षयता सय वर्षमाथिका नाागरिकको जनसंख्या जापानमा निरन्तर बढीरहेको छ। सन् १९६३ मा सय वर्ष नाघेका नागरिकको संख्या एक सय ५३ मात्र थियो।
स्वस्थ र प्राकृतिक खानपान र सक्रिय जीवनशैलीलाई जापानीहरुको स्वस्थ्य र लामो जीवनको प्रमुख कारण मानिन्छ ।
स्वस्थ खानपिनका लागि तुलनात्मक रूपमा जापानीहरूलाई घातक रोग कम लाग्छ। अर्काे कारण बलियो सामाजिक सम्बन्ध हो। त्यहाँ ज्येष्ठ नागरिकहरू धेरै उमेरसम्म काम गर्दछन् भने उनीहरू सामाजिक क्रियाकलापमा सक्रिय हुन्छन् ।
स्वास्थ्यसम्बन्धी सरकारको उत्कृष्ट सेवा र स्वस्थ्य वातावरण जापानीहरूको स्वस्थ र लामो जीवनको अर्काे रहस्य हो ।
ज्येष्ठ नागरिक सम्मान र सकारात्मक दृष्टिकोणले हेर्ने जापानी संस्कार पनि यसको एउटा कारण माानिएको छ ।