विपत् प्रतिकार्यको पूर्वतयारीमा सशस्त्र प्रहरीः काठमाडौं उपत्यकामा पट्रोलिङ तथा माइकिङ

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

मनसुनजन्य विपतबाट सम्भावित क्षति रोक्न सशस्त्र प्रहरी बलले शुक्रबार साँझदेखि नै काठमाडौंका विभिन्न ठाउँमा पेट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।

शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी वनस्थलीलगायतका स्थानमा पेट्रोलिङ तथा माइकिङ गरेको स्थानीयलाई सचेत गराइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 
सशस्त्र प्रहरी बलले विशेष गरी खोलाकिनार तथा डुबान हुन सक्ने ठाउँहरूको पहिचान गरी त्यस्ता ठाउँका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा तत्काल फोन गर्नसमेत माइकिङमार्फत सूचित गरेको छ । 

त्यस्तै, सम्भाबित जोखिम न्यूनीकरणका लागि र बिपद उद्दारका लागि सशस्त्र प्रहरी बलले देश भरिका युनिटलाइ आबश्यक श्रोत साधनसहित तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि शुक्रबार उपत्यकास्थित सशस्त्र प्रहरी इकाईको अवलोकन गरी प्रतिकार्य पूर्वतयारीबारे जानकारी लिएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटमा आबश्यक तयारी अबस्थामा रहन निर्देशन दिएका छन् । शनिबारदेखि भारी वर्षाको प्रक्षेपणपछि सशस्त्र प्रहरी बलले गोताखोर , बिपद् उद्दार तालिम प्राप्त  जनशक्ती , र्याफ्ट बोट , मोटरबोट , हेभी इक्युपमेन्ट , मास क्याजुअल्टी भेइकल , एम्बुलेन्स सबै तयारी हालतमा राखेको छ । 

सुझावित समाचार