तनहुँ, चितवन र धादिङ प्रशासनले भन्यो- अत्यावश्यकबाहेक यात्रा नगर्नुहोला

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुंगा र मुग्लिन-नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन्। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रूपमा अनुरोध गरेका हुन्। 

विभागका अनुसार भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिम वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रूपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ। 

सुझावित समाचार