बेलायतको म्यानचेस्टर सिटीमा बिहीबार आतंकवादी हमला भएको छ। यहुदीहरूको प्रार्थनास्थलमा एक व्यक्तिले कारले भिडमा ठक्कर दिएरपछि चक्कु प्रहार गरेका हुन्। घटनामा दुई सर्वसाधारणको मृत्यु भएको छ। बेलायत सरकारले यो आतंककारी घटना भनेको छ।
सिरियाली मूलका ३५ वर्षीय पुरुषले यस्तो आक्रमण गरेका हुन्। ती आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ। यहुदीहरूको पवित्र दिनमा प्रार्थना भइरहेको अवस्थामा यस्तो आक्रमण भएको हो।
घटनापछि बेलायती प्रधानमन्त्री केअर स्टार्मर डेनमार्क भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।