नामिबिया र जिम्बावे २०२६ मा हुने टी–२० विश्वकपका लागि छनोट भएका छन्। अफ्रिका महादेशबाट भएको छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा बुधबार विजयी भएसँगै उनीहरूले विश्वकप यात्रा सुनिश्चित गरेका हुन्।
जिम्बावेले केन्या तथा नामिबियाले तान्जानियालाई पराजित गर्दै विश्वकपमा छनोट भएका हुन्। २०२४ को टी–१० विश्वकपमा जिम्बावेलाई पराजित गरी केन्या छनोट भएको थियो।
नामिबिया भने लगातार चौथोपटक विश्वकपमा छनोट भएको हो। नामिबिया २०२१, २०२२ र २०२४ मा विश्वकपका लागि छनोट भएको थियो। अफ्रिकाबाट दक्षिण अफ्रिका भने आइसिसीको टी–२० र्यांकिङका आधारमा सिधै छनोट भइसकेको छ।