मकवानपुरमा पिङ खेल्दा लडेर एकजना घाइते

बिहिबार, १६ असोज, २०८२
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिका– ५, राजदमारमा पिङ खेल्ने क्रममा लडेर एकजना घाइते भएका छन्। बुधबार साँझ करिब साढे सात बजे लिंगेपिङ खेल्ने क्रममा स्थानीय ४८ वर्षीय रामबहादुर खुलाल लडेर घाइते भएका हुन्।

घाइते खुलाललाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा प्रारम्भिक उपचारपछि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा भित्री चोट लागेका घाइतेको अवस्था मध्यम रहेको र उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
 

सुझावित समाचार