मनकामना केबलकार तीन दिन बन्द हुने

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । 

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुन: नियमित सेवा सञ्चालनमा आउने उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि ०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। 
 

सुझावित समाचार