नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको तुइनखोलामा फेरि पहिरो खसेको छ। पहिरोका कारण यो सडक खण्डमा दुवैतर्फको यातायात अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार (आज) साँझ ७ः३० बजे पहिरो झरेको हो।
मुग्लिन क्षेत्रमा पानी परिरहेका कारण पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ। पहिरो पन्छाउनका लागि मेसिन जाँदै गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।