टेस्ट खेल्ने टिमसँग अझ धेरै क्रिकेट खेल्न चाहन्छौँ : रोहित पौडेल

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

टेस्ट खेल्ने देशविरुद्ध पहिलोपटक टी–२० सिरिज जितेसँगै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले टेस्ट खेल्ने देशसँग नेपालले यसै गरी अझै धेरै क्रिकेट खेल्न चाहेको बताएका छन्।

सोमबारको जितपछि प्रतिक्रिया दिँदै उनले विश्वलाई नेपालको क्रिकेट खेल देखाउने अवसर भएकाले यो सिरिज नेपालका लागि महत्त्वपूर्ण भएको बताए। तेस्रो खेल पनि जितेर सिरिज क्लिस्विप गर्ने लक्ष्य रहेको उनले सुनाए। 

यो मोमेन्टम कायमै राखी २०२६ को विश्वकपमा छनाेट आफूहरूको प्रमुख लक्ष्य भएको उनको भनाइ छ। वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० मा नेपाल ९० रनले विजयी भएको हो । आइसिसीको पूर्णसदस्यविरुद्ध एसाेसिएट देशको यो सबैभन्दा ठुलो जित हो। पहिलो खेल नेपालले १९ रनले जितेको थियो। एक खेल बाँकी रहँदै नेपालले सिरिज जितेको छ। तेस्रो खेल मंगलबार हुँदै छ। 

खेलको प्लेयर अफ दी म्याच आसिफ शेख भए। जसले ४७ बलमा ६८ रन जोड्दै नटआउट इनिङ खेलका थिए। 

सुझावित समाचार