प्रचण्ड भन्छन्– समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दसैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

विजयादशमी २०८२ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सदभाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताएका हुन् । उनले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्पसहित मनाउन आह्वान गरेका छन् । 

जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिंगाे मुलुक उभिएको जनाउँदै संयोजक दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने वेला आएको बताए । 

सुझावित समाचार