जेन–जी आन्दोलनबारे देउवाको पहिलो टिप्पणी : इतिहासकै अकल्पनीय र दुःखद घटना

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय र भौतिक क्षति नेपालको इतिहासकै अत्यन्त अकल्पनीय र दुःखद घटना भएको टिप्पणी गरेका छन्। बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्। 

आन्दोलनपछि सार्वजनिक भएको यो देउवाको पहिलो टिप्पणी हो। आन्दोलनको क्रममा देउवासमेत घाइते भएका थिए। आन्दोलनकारीले उनको घरमै छिरेर आक्रमण गरेका थिए। देउवा हाल उपचारकै क्रममा छन्। सो घटनापछि उनी सार्वजनिक भएका छैनन्। 

देउवाले विषम परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्नेमा जोड दिएका छन्। 

सुझावित समाचार