भूषण राणाको घरमा किन पुग्यो सिआइबी टोली ?

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

कांग्रेस नेतृ आरजु देउवाका भाइ भूषण राणामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन थालेको छ।

सिआइबीको टोली आइतबार दिउँसो गएर जावलाखेलस्थित उनको घरमा गएर बुझ्ने काम गरेको छ। वित्तीय अपराधसम्बन्धी अनुसन्धानका लागि त्यहाँ टोली गएको सिआइबीका एक अधिकारीले बताए। ‘केही कुरा बुझ्नका लागि भनेर त्यहाँ गइएको थियो,’ सिआइबीका एक अधिकारीले भने, ‘भूषण राणा भने एक महिनाअघिदेखि नै विदेशमा रहेको खुल्यो। घरमा रहेका मान्छेसँग सोधपुछ गरेर टोली फर्किएको छ।’ 

स्रोतका अनुसार सरकारकै निर्देशनअनुसार यस विषयमा छानबिन सुरु भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीको घरमा जलेको पैसामाथि पनि अनुसन्धान गरिरहेको छ। भूषण ठुला सरकारी ठेक्का र नियुक्तिसम्बन्धी डिलमा संलग्न हुने आरोप लाग्दै आएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान सुरु भएको छ। 

सुझावित समाचार