बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

बर्दियामा हात्तीको आक्रमणमा परी एक महिलाको  मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ठाकुरद्वारा नगरपालिका– ९, हात्तीसारकी ४२ वर्षीया सीता खत्रीको मृत्यु भएको हो।

शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको  खेतमा धान खान आएको जंगली हात्तीलाई लखेट्न जाने क्रममा हात्तीले आक्रमण गरी खत्रीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

हात्तीको आक्रमणबाट मृत्यु भएकी खत्रीको शवलाई आज पोस्टमार्टम गर्ने तयारी गरिएको छ।

सुझावित समाचार