बास्केटबल प्रशिक्षक कार्कीलाई एनओसीको बिदाइ

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

बास्केटबल प्रशिक्षक रिना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छिन् । सो प्रशिक्षक कोर्स हंगेरीको बुडापेस्टमा अक्टोबर १ देखि नोभेम्बर २१ तरिखसम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार सो कोर्समा नेपालको प्रतिनिधित्व गर्ने बास्केटबल प्रशिक्षक कार्कीलाई शुभकामनासहित बिदाइ गरेकाे छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ कार्यक्रममा बास्केटबलको प्रवर्द्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै कार्कीले कोचिङ कोर्सबाट प्राप्त ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा एनओसीकी उपाध्यक्षद्वय ज्योति राना तथा गोपालसुन्दर कक्षपति, मानार्थ उपाध्यक्ष तुलसी थापा र एनओसीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङको पनि उपस्थिति रहेको थियो ।

See More On

सुझावित समाचार