सल्यानको कपुरकोट गाउँपालिकाले दियो पुनर्स्थापना कोषमा दुई लाख

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

सल्यानको कपुरकोट गाउँपालिकाले सरकारले बनाएको पुनर्स्थापना तथा पुनर्निर्माण कोषमा दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा क्षति भएको सरकारी संरचनाहरूको पुनरुत्थान र पुनर्निर्माण गर्न कपुरकोट गाउँपालिकाले  दुई लाख रुपैयाँको सहयाेग गरेकाे  गाउँपालिका उपाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।

विषम परिस्थितिमा नेपाल सरकारलाई पर्न गएको आर्थिक भारलाई मध्यनजर गर्दै नेपालको संविधानको धारा २३२ बमोजिम संघ, प्रदेश र स्थानीय तहको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तअनुरूप पालिकाको आन्तरिक राजस्व स्रोतबाट दुई लाख रकम उपलब्ध गराउने निर्णय भएको पुनको भनाइ छ ।  गाउँपालिकाले जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिहरूको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
 

सुझावित समाचार