अपरिचित समूहको गोली लागेर एक युवा घाइते

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

पर्साको सीमानाकासँग जोडिएको छिपहरमाई गाउँपालिकाको झल्मैया गाउँमा गोली प्रहार भएको छ। गोली प्रहारबाट एक युवा घाइते भएका छन् । बिहीबार साँझ साढे ७ बजे अपरिचित व्यक्तिको गोली प्रहारबाट भिस्वा– ५ निवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएको प्रहरीका एसपी सुदीपराज पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार गोली लागेर घाइते भएका युवालाई उपचारका लागि सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको छ। उनलाई कति राउन्ड गोली लागेको भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ । 

स्थानीय युवा आलममाथि के कारणले गोली प्रहार भएको यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहका दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरीकाे भनाइ छ ।  

सुझावित समाचार