जेन-जीलाई प्रधानमन्त्री कार्कीको आह्वान– संविधान संशोधनका लागि निर्वाचनमा सहभागी हुनू

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण
जेन-जीलाई प्रधानमन्त्री कार्कीको आह्वान– संविधान संशोधनका लागि निर्वाचनमा सहभागी हुनू

फाइल तस्बिर

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधनका लागि आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन्।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय प्रणालीको संशोधन अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने प्रस्ट पार्दै यस्तो आग्रह गरेकी हुन्।

‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गर्न चाहन्छु,’ कार्कीले भनिन्।
 

सुझावित समाचार