दसैँमा सामसङका दुई मोडेलमा ५० हजारसम्म क्यासब्याक

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

सामसङ नेपालले फोल्डेबल फोनहरूको मूल्य घटाएको छ । कम्पनीले दसैँलाई लक्षित गर्दै ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ फोनको खरिदमा ५० हजारसम्मको क्यासब्याक अफर ल्याएको छ ।

 सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले रूपान्तरणकारी प्रविधि सबैका लागि सुलभ हुनुपर्ने बताउँदै भने, ‘यस दसैँमा हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौँ । हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृंखलाको अनुभव गर्न आग्रह गर्छौँ ।’

साथै, नेपालभरिका आधिकारिक सामसङ स्टोरमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत पनि यी स्मार्ट फोन शून्य प्रतिशत ब्याजमा सजिलो किस्ताबन्दीमा पाउन सकिनेछ । जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बिमा पनि समावेश छ । यस प्रक्रियाका लागि केवल नागरिकताको प्रमाणपत्र भए पुग्नेछ । 
 

सुझावित समाचार