भन्सार विभागले अब वस्तु मूल्यांकन प्रक्रियामा डिजिटल प्रणालीको प्रयोग गर्न लागेको छ। यसका लागि अर्थमन्त्री रामेश्वर खनाल आज बुधबार विराटनगर प्रस्थान गरेका छन्।
उनीसहित भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री पनि यात्रामा छन्। महानिर्देशक भण्डारीका अनुसार भन्सारको ‘आसिकुडा प्रणाली’मार्फत वस्तुहरूको मूल्यांकन अब अनलाइन प्रणालीबाट नै हुनेछ। हाल सन्दर्भ मूल्यका आधारमा भन्सार मूल्यांकन गरिँदै आइएको छ।
यो नयाँ प्रणाली पहिले पाइलट प्रोजेक्टको रूपमा सञ्चालन हुनेछ। यसले मूल्यांकन प्रक्रियालाई छिटो, पारदर्शी र सजिलो बनाउने अपेक्षा गरिएको छ।