सुनको मूल्य तोलामा १३ सयले बढ्यो

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर दुई हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार