दसैँभर बिपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

दसैँ पर्वभरि बिपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ। भदौ ३० गते बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले यस्तो निर्णय  गरेको हो।

निर्णयअनुसार असोज ६ गतेदेखि असोज २२ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाभित्रको बिपी र अरनिको राजमार्गमा टिपर चलाउन पाइँदैन। सडकमा हुने सवारी चाप र त्यसबाट हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सहज बनाउन सो निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ।

घटस्थापनादेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरे कडा कारबाही हुने उनको चेतावनी छ।

सुझावित समाचार