थानेश्वर गौतम र सदीक्षा कट्टेलको गीत भइयो परदेशीको म्युजिक भिडियो सार्वजनिक

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

लोकप्रिय गायक थानेश्वर गौतम र गायिका सदीक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दसैँ तिहार विशेष गीत  भइयो परदेशी म्युजिक भिडियो सार्वजनिक भएको छ।

लक्ष्मण पोखरेलको शब्द, संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रवर्द्धनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेनमेन्ट’ले गीतलाई निर्माण गरेको हो  ।

स्मारिका ढकाल र सन्दीप वस्तीको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मीन रावलको सम्पादन रहेको छ। वैदेशिक रोजगारीमा रहेकाहरूले दसैँ तिहारजस्तो चाडपर्वको वेला गाउँघर सम्झिएर गरेको बिलौनाको भावलाई भिडियोमा देखाइएको छ ।

निर्देशक कृष्णदेव रुपाखेतीले  भिडियोको निर्देशन गरेका हुन् । भइयो परदेशीको म्युजिक भिडियो  ‘हाइटेक इन्टरटेनमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केही घण्टामा नै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सुझावित समाचार