७१ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण
७१ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडक सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ

दाउन्ने खण्डमा मर्मत सुरु, उकालोमा सडक एकतर्फी मुग्लिन–नारायणगढ सडक ७१ घण्टापछि सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पूर्ण रूपमा हटाएर सोमबार साँझ ६ बजेबाट सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गत शुक्रबारको पहिरोका कारण अवरुद्ध सडक ४५ घण्टापछि आइतबार अपराह्न ४ बजेबाट एकतर्फी रूपमा खुलेको थियो । 

मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुलनजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाएर सोमबार साँझ ६ बजेबाट सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक दुईतर्फी खुलाउन सोमबार दिउँसो १ बजेबाट सवारी आवागमन बन्द गरिएको थियो । तर, साँझ ६ बजेबाट दुईतर्फी खुलेसँगै सवारी आवागमन सुचारु गरिएको छ ।

सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले त्यस क्षेत्रको भौगोलिक बनावट कमजोर रहेकाले पहिरोको जोखिम छ । त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ । त्यसले गर्दा यस क्षेत्रमा पहिरो खस्ने गरेको छ । अहिले पनि सा स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेको लामिछानेले जानकारी दिए ।

पहिरो खस्ने जोखिम भएकाले स्काभेटरलगायतका यन्त्रहरू आसपासमै राखिएको छ । उक्त स्थानमा पहिरो जाँदा काठमाडौंबाट पूर्वतिर दशैंमा घर जाने यात्रुहरू सबैभन्दा बढी मर्कामा परेका छन् । अहिले घर फर्कने यात्रुको चापका कारण धेरै सार्वजनिक सवारी साधन संचालनमा आएका छन् । यहीं बेला पहिरोले बाटो अवरुद्ध हुँदा  सवारी साधनको लामो जामसमेत हुने गरेको छ ।

गत शुक्रबार दिउँसोदेखी पहिरो गएर बाटो अवरुद्ध हुँदा पनि सार्वजनिक सवारी साधनमा यात्रा गरेका सयौं यात्रु अलपत्र परेका थिए । उनीहरूलाई स्थानीय प्रशाशनले खानेकुरा र पानीको समेत व्यवस्थापन गरेको थियो । निजी सवारी धनीलाई भने अन्य बैकल्पिक बाटो प्रयोग गर्न प्रशाशनले सुझाएको थियो ।

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा पनि जाम हटेको छ । दाउन्नेको उकालोमा एकतर्फी मात्रै सडक संचालन गरिएको छ तर ठूला मालबाहकलाई रोक लगाइएकाले जाम हुन छाडेको छ ।

दशैंको मुखमा सवारी साधनको चाप भएका बेला दाउन्नेको बाबा मन्दिर र खुर्सानी खोला क्षेत्रमा पहिरो खसेर लामो जाम भएको थियो । १४ किलोमटिर दुरीको बाटो पार गर्न १६ घण्टासम्म लागेपछि यात्रुहरू आक्रोशित पनि भनि भएका थिए । सरकारले दशैंअघि नै दाउन्नेको उकालो बाटो ढलान वा पिच गर्न ठेकेदारलाई निर्देशन दिएपनि अपुरै छ ।

सुझावित समाचार