गोहीकाे आक्रमणबाट बर्दियामा एकजना बेपत्ता

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

गोहीको आक्रमणबाट बर्दियामा एकजना बेपत्ता भएका छन् । गुरुवा गाउँपालिका–४ राजीपुरका २५ वर्षीय विवश थारू गोहीको आक्रमणबाट बेपत्ता भएका हुन्।

साेमाबार दिउँसाे ३ बजेतिर गेरूवा नदीमा भैँसीलाई पानी खुवाउन गएका थारूमगर गोहीकाे आक्रमणबाट नदीमा खसेका थिए। घटनालगत्तै बर्दिया राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिनभर खोजी गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले  बताए। उनले भने, ‘थारूको खोजी दिनभर गरियो। साँझ परेपछि जंगली हात्ती आएपछि  फर्कियौँ। अब भोलि बिहानदेखि खोजी जारी राख्छौँ।’
 

सुझावित समाचार