बबई नदीमा डुबेर दुई बालिका बेपत्ता

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

बर्दिया नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । गुलरिया नगरपालिका– २ संगमबस्तीका १२ वर्षीया निशानी थापा र  दुर्गा शाही बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन । 

संगमबस्ती नजिकको बबई नदीमा दिउँसो २ बजेतिर पौडी खेल्न गएका बालिकाहरू नदीमा बेपत्ता भएपछि  स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

बेपत्ता भएकाहरूको  स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताए । उनले  भने, ‘बालिकाहरूको  खोजी भइरहेको छ ।

सुझावित समाचार