सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा आगामी ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।
आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् । दुई महिनाभित्र काठमाडौं उपत्यकामा र काठमाडौं उपत्यका बाहेक देशका १० वटा सार्वजानिक स्थलमा पाँच महिनाभित्र निशुल्क इन्टरनेट सेवा उपलब्ध गराईनेछ ।