आन्दोलनको मौकामा कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरी फरार भएका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १२, गगालका करिब ३६ वर्षीय सन्तबहादुर तामाङ आफ्नी श्रीमती ३० वर्षीया मनीषा तामाङको हत्या गरी फरार भएका प्रहरीले जनाएको छ।

पनौती नगरपालिका– १२ का वडाध्यक्ष जयराम केसीका अनुसार सन्तबहादुर जबर्जस्ती करणी मुद्दामा जेल चलान भएका थिए। उनी जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेर गगालस्थित घर आएका थिए।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुगीसकेका छन्। थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।

सुझावित समाचार