असोज ४ देखि १० गते सम्मको साप्ताहिक राशिफल

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असोज ४ गते शनिबारदेखि असोज १० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको सुरुमा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको अन्त्यमा अनावश्यक धन खर्च हुन सक्छ । उपलब्धिमूलक यात्रा हुने योग छ । परिवारसँग नजिक रहेर काम गर्ने अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साथीभाइ या परिवारजनसँग भेटघाट हुनेछ । लामो समयदेखि रोकिएका कार्य अगाडि बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ राजनीतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ, तर खानपिनमा सावधानी अपनाउनुपर्नेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो हप्ता सोचपूर्वकको बोलीले कार्य सिद्ध हुन सक्छ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । समाजको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । 
आफन्त वा साथीभाइले नि:स्वार्थ भावले सहयोग गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ प्रेमजीवनमा सफलता पाइनेछ । जुक्ति–बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्लान् । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा गरेको लगानीबाट श्रीप्राप्ति हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा उपस्थित हुने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने योग छ । घरजग्गाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेमजीवन सफल हुनेछ । आत्मविश्वास बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आफन्त र मित्रजनसँग भेटघाट र रमाइलो हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्ययोजना बन्नेछ । नयाँ पदीय जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउन जरुरी छ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । आफन्तजनबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यमा सरिक भइनेछ । शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट बढी लाभ हुनेछ । साताका मध्यमा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ, प्रेमी–प्रेमिकाबिच सुमधुर र मिठासपूर्ण सम्बन्ध कायम हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनीतिक वा सामाजिक क्षेत्रबाट जनताको गतिलो साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रका कामबाट सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउन सक्छ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताको सुरुमै नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमप्रसंगमा समेत नरमाइलोपन आउनेछ । सेयरबजारको लगानीले पनि राम्रो प्रतिफल नदेला । साताको उत्तराद्र्धबाट रोकिएका काम पुन: सुरु हुन सक्छन् । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) यो साता नयाँ ज्ञान सिकिने र नयाँ कामको थालनी हुनेछ । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको योग पनि छ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्यासमेत आउन सक्ने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पुनर्मिलनको योग छ । सफलताको सम्भावनालाई नकार्न सकिँदैन । समयको सही सदुपयोग पनि हुनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुन सक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साथै, अकस्मात् धनसम्पत्ति हात पर्नेछ । पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भबाटै रोकिएका काम पुन: सुचारु हुनेछन् । कृषि र घरायसी काम अघि बढ्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रसँग पनि मेलमिलाप हुनेछ । सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ । सेयरबजारले पनि सकारात्मक प्रतिफल दिलाउनुका साथै नयाँ लगानी गर्नेका लागि शुभ हुनेछ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । 

See More On

सुझावित समाचार