सुनको मूल्य तोलामा दुई लाख १७ हजार नाघ्यो

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

 मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक हजार नाै यस रुपैयाँले बढेसँगै नयाँ  रेकर्ड बनाएको हो ।


सोमबार प्रतितोला दुई लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

सुझावित समाचार