जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा आज

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज शवयात्रा हुने भएको छ । हामी नेपाल नामक संस्थाका सुदन गुरुङले सामाजिक सञ्जालमा स्टाटस देख्दै सबैलाई शवयात्रामा सहभागी हुन आह्वान गरेका छन् । आज १२ बजे महाराजगन्जस्थित टिचिङ हस्पिटलबाट शवयात्रा सुरु हुने जनाइएकाे छ । शवयात्रामा नवनियुक्त  गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थित हुने उनले जनाएका छन् । 

यस्तो छ उनको स्टाटस
‘आज १२ बजे महाराजगन्जस्थित टिचिङ हस्पिटलबाट शवयात्रा सुरु हुँदै छ । उनीहरूको सम्मानका लागि शवयात्रामा यपस्थित हुन सम्पूर्ण देशप्रेमी साथीहरू र नेपाली आमाबुबा तथा दाजुभाइलाई  आह्वान गर्दछु । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङको पनि उपस्थिति हुनेछ ।’

सुझावित समाचार