मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकारको मन्त्रिपरिषद्को आज पहिलो बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै आज साढे चार बजे बैठक बोलाएकी छिन्। 

सोमबार मन्त्रिपरिषदमा तीन मन्त्री नियुक्त भएका छन् । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल नियुक्त भएका हुन्। खनाललाई अर्थ, घिसिङलाई ऊर्जा भौतिक र सहकारी तथा अर्याललाई गृह र कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

मन्त्रिपरिषद् बनेलगत्तै बैठक बस्न लागेको हो । आजको बैठकमा जेन–जीकाे आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने, सहिद घोषणा गर्नेलगायतका विषय छन्।

सुझावित समाचार