विराटनगरसहित मोरङमा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबार हट्यो

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङमा लाग्दै आएको  निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटेकाे छ। मोरङका सिडिओ इन्द्रदेव यादवका अनुसार अवस्था समान्य बन्दै  गएकाले शनिबार बिहानदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु अर्को सूचना नभएसम्मका लागि हटाइएको हो ।

सिडिओ यादवले भने, ‘अवस्था सामान्य बनेकोले हाललाई राती १० बजेसम्मका लागि लगाइँदै आएको  निषेधाज्ञा र कर्फ्यु हटाइएको हो।’ मोरङ प्रशासनले २४ भदौदेखि २८ भदौ बिहान ५ बजेसम्म दिउँसो निषेधाज्ञा र राती कर्फ्युको आदेशलाई निरन्तरता दिइरहेको थियो ।  

सुझावित समाचार