बिमा कम्पनीलाई घरबाटै सेवा सञ्चालन गर्न बिमा प्राधिकरणको आग्रह

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणले हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै बिमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले बुधबार जारी गरेको सूचनामा देशभर रहेका बिमा कम्पनीका शाखा तथा उपशाखा कार्यालयबाट हुँदै आएको कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि ‘वर्क फ्राम होम’ मार्फत अघि बढाउन अनुरोध गरिएको छ ।

साथै, कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै अवाञ्छित गतिविधि देखापरेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न बिमा कम्पनीहरूलाई विशेष आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

See More On

सुझावित समाचार