काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा दुई–दुईवटा बैंकका शाखा खुलाउन बैंकरहरूबिच सहमति

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यका र देशका अन्य जिल्लाहरूका सुरक्षित स्थानमा रहेका वाणिज्य बैंकका शाखा सञ्चालनमा ल्याउने गरी बैंकरहरूबिच सहमति भएको छ । जेन–जी आन्दोलनपछि सेनाद्वारा जारी निषेधाज्ञा र कर्फ्युपछि बन्द रहेका बैंकका शाखाहरू निश्चित संख्यामा चलाउन नेपाल बैंकर्स संघले निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा तीनवटा, ललितपुर र भक्तपुरमा दुई–दुईवटाका दरले बैंकका शाखा खुलाउने सहमति गरिएको संघका प्रवक्ता अनिल शर्माले जनाए ।

उनका अनुसार सीमित  कर्मचारी राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि शाखा सञ्चालनमा ल्याउने उल्लेख छ। उनले भने, ‘काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षित स्थानमा रहेका बैंकका शाखा सञ्चालनमा ल्याउने सहमति भएको छ ।’

See More On

सुझावित समाचार