झापामा प्रहरीको हिरासतमा रहेका ९२ धुनुवा भागे

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जीको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा झापामा ९२ जना थुनुवा भागेका छन्। आन्दाेलनका क्रममा इलाका प्रहरी कार्यालय दमक, अनारमनी र झिलझिलेमा आगजनी र तोडफोड हुँदा ९२ जना थुनुवा भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट पाँचजना  गरी ९२ जना थुनुवा भागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

उनीहरू गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेको उनले बताए । आन्दोलनपछि प्रहरी कार्यालय क्षतविक्षत हुँदा अहिले पनि इलाका प्रहरी कार्यालय दमक र अनारमनीमा प्रहरी फर्कन सकेको छैन ।

सुझावित समाचार